इलाम–२ अपडेटः एमालेका सुहाङले १३ हजार कटाए, ताजा परिणाम यस्तो छ
काठमाडौं– प्रतिनिधि सभातर्फको इलाम–२ मा भएको उपनिर्वाचनको मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तरमा ठूलो फड्को मारेका छन्।
ताजा परिणामअनुसार १३ हजार ६९ मत पाएका सुहाङले निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्कासँग ४५ सय मतान्तर कटाएका हुन्।
नेपाली कांग्रेसका खड्काको भने ८ हजार ३८६ मत आएको छ। खड्कालाई स्वतन्त्र उम्मेदवार रहेका पहिचानवादी डकेन्द्रसिंह थेगिमले भेट्न लागेका छन्। मुढा चुनाव चिन्हमा लडेका थेगिमको ८ हजार ९८ मत आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको भने १७ सय १२ मत मात्र आएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १३:४७
प्रतिक्रिया दिनुहोस्