नेपालको टी-२० विश्वकप स्क्वाड घोषणा, कुन - कुन खेलाडी समेटिए ?
काठमाडौं - नेपालको आउँदो टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरिएको छ ।
रोहित पौडेलको कप्तानीमा घोषित टीममा अनुभवी खेलाडीहरुले नै स्थान बनाएका छन् ।
नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् ।
टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।
१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।
नेपालको टोली :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।