Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्डियन प्रिमियर लिग : चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्