Nic Ad Nic Ad
Nic Ad Nic Ad

दमकमा १२ कक्षा पढ्ने छात्रामाथि गोली प्रहार, अमित यादवको खोजीमा प्रहरी

शुक्रबार, वैशाख २१, २०८१

झापा– दमकमा कक्षा १२ मा पढ्ने एक छात्रामाथि शुक्रबार गोली प्रहार भएको छ। गोली लागि घाइते उनको अवस्था गम्भीर रहेको बताइएको छ। 

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो। उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन्। अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर बसेका यादवले गोली हानेको प्रहरीले जनाएको छ। घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

गोली हान्ने यादवको खोजीमा प्रहरी जुटेको छ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्