Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा

शुक्रबार, वैशाख २१, २०८१

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ।

samridhi jewllers

लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो ।

कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्