Nic Ad Nic Ad
Nic Ad Nic Ad

बसमा आएर सीजी फुड्स पार्कमा आक्रमण, दुर्गा प्रसाइ समूहले गराएको आशंका

शुक्रबार, वैशाख २१, २०८१

चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा एक समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएको समूहले आक्रमण गरेको हो ।

samridhi jewllers

बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपले बताएको छ । महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि केहिबेर दोहोरो झडपको स्थिति बनेको थियो । तोडफोडमा उत्रिएका २४ जनालाई भैंसेपाटी प्रहरी वृत्तबाट गएका प्रहरीले नियन्त्रणमा लिएको छ ।

फुड्स पार्कमा प्रवेश गरेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेका थिए । गाडी नै रिजर्ब गरेर आएको समूह मेडिकल व्यवसायी भनिने दुर्गा प्रसाइबाट सञ्चालित रहेको आशंका गरिएको छ ।

चौधरी समूहले घटनाको निन्दा गरेको छ । देशको प्रमुख औद्योगिक घरानाद्वारा सञ्चालित उद्योगमाथि भएको आक्रमण निन्दनीय रहेको चौधरी ग्रुपले जनाएको छ । यस्ता घटनाले देशको औद्योगिक वातावरणमा नराम्रो असर पर्ने चौधरी ग्रुपको भनाइ छ ।

चौधरी ग्रुपले प्रकाशित गरेको विज्ञप्ति


cg-group-1714743424.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्