Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भ्रमणमा आएका तीन खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौ - वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् ।

नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती टोलीमा परेका छन् ।

दुई पटकको विजेता वेस्ट इन्डिजको कप्तानी रोभमन पावेलले गर्ने छन् । उदयमान तिब्र गतिका बलर शमार जोसेफ पनि अटाएका छन् ।

यस्तै इंडियन प्रिमियर लिग (आईपिएल) मा सामेल ९ खेलाडी टोलीमा परेका छन् । शमार सहित पावेल, अल्जारी जोसेफ, शिम्रोन हेटमायर, साई होप, निकोलस पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड आईपिएल खेलिरहेका छन् । लखनउ सुपर जाएन्ट्समा रहेका काइल मायर्स भने १५ जनाको टोलीमा परेनन् ।

विश्वकप जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । वेस्ट इन्डिज रहेको समय सि मा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।

वेस्ट इन्डिज टोली:

रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्राण्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्