नेभिगेशन
खेलकुद
विश्वकप क्रिकेटमा सन्दिप

सन्दीप लामिछानेले टी–२० क्रिकेट विश्वकप खेल्न पाउने या नपाउने भन्ने आज निधो हुने

काठमाडौं– अमेरिकामा हुने टी–२० क्रिकेट विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको विदाईका लागि पूर्वकप्तान सन्दीप लामिछानेको सहभागीतालाई लिएर एकातिर चर्चा छ भने अर्कातिर उनले खेल्न पाउने या नपाउने भन्ने बहस पनि छ। 

‘गौशाला २६’लाई बलात्कार गरेको भन्ने अभियोगमा जिल्ला अदालत काठमाडौंको आदेश र फैसलाविरुद्ध लामिछाने उच्च अदालतमा पुगेका छन्। उच्च अदालतमा पनि उनको मुद्दामा निक्कै पटक बहस भइसकेको छ। 

आइतबार (आज) फेरि सुनुवाई रहेको छ। अदालतको आदेशका आधारमा उनले विश्वकपमा भाग लिन पाउने या नपाउने भन्ने भाग्यको निर्णय पनि हुनेछ।   

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याएर ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन्। पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन।

उच्च अदालतले सन्दीपका लागि विश्वकप खेल्ने बाटो खोलिदिन सक्ने सम्भावना रहेको छ। यसअघि पनि मुद्दा रहेका बेला नै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए। 

जिल्ला अदालतले त्यस्तो मौका दिएको थियो। 

कतिपयले उच्च अदालतले मुद्दामा जिल्लाको फैसला उल्ट्याउने र त्यो नभए विश्वकप खेल्न पाउनेगरी कुनै न कुनै आदेश दिन सक्ने सम्भावनालाई औंल्याएका छन्। यद्यपि, अदालतको आदेशले नै त्यसका निक्र्यौल गर्नेछ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद