चाङे–ताप्लेजुङ एकता समाजले रेडक्रसलाई बुझायो ४७ पिन्ट रगत
दमक– झापाको दमकस्थित चाँगे–ताप्लेजुङ एकता समाजले रक्तदान कार्यक्रम गरी संकलन गरेको ४७ पिन्ट रगत रेडक्रस सोसाइटीलाई बुझाएको छ।
दमक रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान गरिएको थियो।
लुम्बिनी पुल इन्जिनियरिङ र एलो इन्जिनियरिङको पनि सहकार्य रहेको रक्तदान कार्यक्रममा उल्लेख सहभागीता रहेको प्रकाश आङबुहाङले बताए।
रक्तदान अघि औपचारिक कार्यक्रम गरिएको थियो।
कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विजयराज लिम्बुले गरेका थिए। समाजका सचिवले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष होम गौतमले स्वागत मन्तव्य दिएका थिए।
दमक–७ का वडाध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशाल देवान विशिष्ट अतिथि थिए।
जनता मावि प्रध्यापक, दमक क्यापस स्ववियु सचिव दीपक मादेन, रेड क्रस सोसाईटि प्राविधिक प्रमुख सिदार्थ दाहाल अतिथि रहेका थिए।
समाजको सामाजिक कार्य अन्तर्गत प्रत्येक वैशाखमा गरिने कार्यक्रमअनुसार रक्तदान आयोजना गरिएको थियो।
दमक रेड क्रस प्राविधिक सहयोग र समाजको सामजिक कार्य कार्यक्रम अनुसार आर्थिक सहयोग लिम्बुनि पुल इन्जिनियरिङ कन्ट्रक्सन र अलो इन्जिनियरिङ इन्टरन्सनल सहयोगमा सम्पन्न भएको प्रकाश आङबुहाङले जानकारी दिए।