Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

samridhi jewllers

पक्राउ पर्नेमा ओखलढुंगा घर भई बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ घर भई स्वयम्भू बस्ने ४६ वर्षीय विमला गुरुङ रहेका छन् ।

सूर्य थापाले हिरा बहादुर लामिछाने समेत ५ जनालाई दुबईमा आकर्षक तलबको प्रलोभन देखाई १० लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।

त्यस्तै, विमलाले नर बहादुर आचार्यलाई माल्टा पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट सोमबार पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्