सुवासको ठाउँमा आइपुगे सुहाङ, शपथ ग्रहण भयो
काठमाडौं– सुवास नेम्वाङको रिक्तता पूरा गर्दै उनका छोरा सुहाङ नेम्वाङ प्रतिनिधि सभाको सदस्यका रुपमा भित्रिएका छन्। बुधबार उनले शपथ ग्रहण गरे।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङले सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन्। घिमिरेले सुहाङलाई प्रतिनिधि सभाको लोगो पनि लगाइदिए।
गत वर्ष भदौमा सुवास नेम्वाङको निधन भएपछि रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो। प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै सुहाङ विजयी भएका थिए।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्