Nic Ad Nic Ad
Nic Ad Nic Ad

कहाँ बेपत्ता भइन् स्नेहा लामिछाने?

बुधबार, वैशाख २६, २०८१

काठमाडौं– इन्जिनियरिङ अध्ययन गरिरहेकी चितवनकी एक २२ बर्षिया युवती काठमाडौंबाट बेपत्ता भएकी छन्।

samridhi jewllers

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ कलंकीस्थित हजुरआमाकहाँ बसेर सानेपाको सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।

वैशाख १९ गतेदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीकहाँ निवेदन दिएको थियो। हालसम्म फेला परेकी छैनन्।

आमा शोभा लामिछानेका अनुसार छोरी सम्पर्कमा नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिइएको हो।

एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर स्नेहाको खोजतलास भइरहेको छ। स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ। उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ।

स्नेहा घरबाट एक्लै निस्किएको जानकारीमा आए पनि अन्य विधि लगाएर खोजबिनको काम भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्