नेभिगेशन
समाज विविध

कोशीमा हिक्मतलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ५२ सांसदले गरे सनाखत

काठमाडौं– कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने ५२ जना प्रदेश सभा सांसदले सनाखत गरेका छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेर उनीहरूले सनाखत गरेका हुन्। अब, प्रदेश प्रमुखले कार्कीलाई विहीबारै मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। 

प्रदेश सभामा नेकपा एमालेका ३९ र नेकपा माओवादीका १३ सांसद रहेका छन्। 

यता मुख्यमन्त्री केदार कार्की भने नयाँ सरकार आह्वान असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा पुगेका छन्। उनले पनि बिहीबारै रिट दायर गरी नयाँ सरकार आह्वान खारेजीको माग गर्ने भएका छन्। 

कार्की एमालेको सहयोगमा नै संविधानको धारा ७६ को ५ अनुसार सांसदका रुपमा मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गरेका पहिलो मुख्यमन्त्री हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध