रवि लामिछानेलाई गृहमन्त्री नभई रास्वपा सभापतिका रुपमा संसदमा बोल्न दिने कांग्रेसको निर्णय
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिका रुपमा रवि लामिछानेलाई प्रतिनिधि सभाको बजेट अधिवेशनमा बोल्न दिने नेपाली कांग्रेसले निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। उनलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा नभई रास्वपा सभापतिको हैसियतमा बोल्न दिने निर्णय भएको एक नेताले बताए।
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद अवरोध गरिरहेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्