Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा निवासमा कांग्रेस बैठक, के आउला निर्णय?

शनिबार, वैशाख २९, २०८१

काठमाडौं– सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ। 

प्रतिनिधि सभामा नेपाली कांग्रेसको मागका सन्दर्भमा सरकारले चासो नदिएको, सत्ता गठबन्धन एकतर्फी हिसाबले सदन चलाउने रणनीतिमा लागेकोलगायतका विषयमा बैठकमा छलफल भएको छ। 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको बैठक चल्न नदिने घोषणा गरेको कांग्रेसले आगामी जेठ १ गते डाकिएको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने बताइएको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्