नेभिगेशन
सुरक्षा–अपराध

नेपाल बैंक सप्तकोशी नगर शाखाका गार्डको हत्या आरोपमा सुवेदी पक्राउ 

काठमाडौं– सप्तरीको सप्तकोशी नगरपालिकास्थित नेपाल बैंक लिमिटेड शाखाका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या आरोपमा प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले सप्तकोशी–१ फत्तेपुरमा रहेको बैंकका सुरक्षा गार्ड फुयाँलको हत्या अभियोगमा चन्द्र सुवेदीलाई पक्राउ गरेको हो । 

उनलाई अनुसन्धानमा खटिएको प्रहरी टोलीले शनिबार राती पक्राउ गरेको हो । बैंक लुट्ने अभिप्रयाले सुवेदी त्यहाँ छिरेका थिए । बिहीबार बिहान ३ बजेर १८ मिनेटमा ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो ।  तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । हत्या प्रकरणले फुयाँलका आफन्त आक्रोशित थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ