Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने

मंगलबार, जेठ १, २०८१

काठमाडौँ - एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्ने भएकी छन् । कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लागेकी हुन् । 

उनले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलङ्कामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । त्यस्तै, जेठ ११ गते काठमाडौंमा उनले नागरिक समाज, मिडिया, युवालगायतसँग अन्तरक्रियात्मक संवाद गर्ने कार्यक्रम छ । 


कालामार अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ हुन् । अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारीवादी र गैर नश्लवादी अभियन्ता कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त भएकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्