Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि

मंगलबार, जेठ १, २०८१

काठमाडौं – नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले मनोवैज्ञानिक भनिएको २००० विन्दु पार गरेको छ । यस साता लगातार ३ दिनसम्म बढेको बजारले यस्तो रेखा पार गरेको हो ।

मंगलबार एकैदिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा कायम भएको छ । आइतबार ८.२६, सोमबार २४.३९ र आज १.४३ प्रतिशतले नेप्से बढेको हो ।


आज नेप्सेमा ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक किनबेच भएको छ ।

मंगलबार ३२० कम्पनीको शेयर कारोबार भएकोमा २१९ कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।


मंगलबार सेन्सेटिभ इन्डेक्स ३.६० अंकले, फ्लोट इन्डेक्स १.९० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढेको छ ।

आज १३ वटै समूहको शेयर बढेको छ । ७ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्