नेभिगेशन
समाज विविध

तीनघन्टापछि आउन सक्छ सन्दीपबारेको आदेशः उच्च अदालतबाहिर कडा सुरक्षा, पत्रकारलाई पनि रोकियो

काठमाडौं– बलात्कारसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनबारे उच्च अदालत ललितपुरमा सुनुवाई जारी रहेको छ। 

दुबै पक्षका वकिललाई डेढ–डेढ घन्टा बहस पैरवीका लागि समय दिइएको छ। सम्भवतः आज नै फैसला आउनेगरी अदालतले सुनुवाई जारी राखेको छ। 

उच्च अदालत परिसर र वरपरको सुरक्षा व्यवस्था कडा गरिएको छ। सन्दीपका समर्थक अदालतबाहिर पुगेका थिए। सुरक्षा निकायले पत्रकारलाई पनि अदालत प्रवेशमा रोक लगाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध