Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले पार्टी फुटाएको निचोडसहित जसपा नेपाल समाजवादी मोर्चाबाट अलग

बुधबार, जेठ २, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउनका लागि जनता समाजवादी पार्टी नेपाल विभाजन गरेको निचोड निकालिएको छ। 

केन्द्रीय समिति बैठकले यस्तो निचोड निकालेको हो। प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको ठहर गर्दै विभाजित पार्टीको भण्डाफोर गरिने पनि निर्णय भएको छ। 

यसैगरी चार दल सहभागी भएको समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै जसपा नेपाल त्यसबाट अलग हुने भएको छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपासँगै जसपा नेपाल रहेको थियो।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्