कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसदः ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा नेपाली कांग्रेसको दादगिरी चल्ने ठाउँ नभएको बताएका छन्।
संसदीय दलको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले कांग्रेसले कस्तो खालको लोकतन्त्रको विधि अपनाएको भनी प्रश्न गरेका छन्।
यसबाहेक कांग्रेसका सांसद कुनै न्यायाधीश नभएको भनी आरोप लगाउँदैमा सांसदले जवाफ दिन नपाउने कुरा न्योचित नहुने पनि ओलीको टिप्पणी थियो।
रवि लामिछाने, प्रधानमन्त्री सबैले संसद चलाऔं भनेको अवस्थामा कांग्रेसले अनावश्यक बखेडा गरेको ओलीको टिप्पणी छ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्