Nic Ad Nic Ad
Nic Ad Nic Ad

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

शुक्रबार, जेठ ४, २०८१

काठमाडौं- नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको समग्र वृद्धि ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ ।

सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ ।

पछिल्लो समय कोभिड पूर्व भन्दा पर्यटक आगमन संख्यामा उल्लेख्य विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सन् २०२४ को चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै एक लाख थप पर्यटक भित्रिएका छन्’, राष्ट्र बैंकले समीक्षामा भनेको छ, ‘यसबाट रोजगारी र आयआर्जनमा टेवा पुग्ने र निर्माणाधीन एवम् निर्माण गर्ने योजनामा रहेका होटललगायत पर्यटन क्षेत्रमा लगानी बढ्ने देखिएको छ ।’

भ्रमण आयसमेत उल्लेख्य बढ्दै गएकोले आउँदा दिनमा आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन क्षेत्रको योगदान बढ्ने देखिएको राष्ट्र बैकले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्