नेपाली फिल्म क्षेत्रको नामकरणका लागि तीन नाम सिफारिस
काठमाडौँ- नेपाली फिल्म क्षेत्रको नामकरण गर्नेबारे बनाइएको समितिले बोर्डसमक्ष तीन वटा नाम प्रस्ताव गरेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको हो ।
यो प्रस्ताव चलचित्र विकास बोर्डको बैठकमा पेश भइसकेको अध्यक्ष भुवन केसीले बताए । यो प्रस्तावमाथि फिल्म क्षेत्रका संघसंस्थाको सहमति जुटाएर निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिने भएको छ । ‘
अध्यक्ष केसीसहित यो समितिमा बोर्डका सदस्य–सचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, बोर्ड अधिकृत निर्मला चौलागाईं सदस्य थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १४:५०
प्रतिक्रिया दिनुहोस्