Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डलाई आश्चर्यजनक विश्वासको बहुमत!

सोमबार, जेठ ७, २०८१

काठमाडौं– प्रतिनिधि सभामा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आश्चर्यजनक हिसाबले विश्वासको बहुमत पाएको घोषणा भएको छ। 

सभामुख देवराज घिमिरेले जबरजस्ती प्रतिनिधि सभालाई चलाउँदै विश्वासको मतदान गराएको घोषणा गरेका थिए। प्रधानमन्त्री प्रचण्डले १५७ जनाको विश्वासको बहुमत पाएको घिमिरेले घोषणा गरे। 

यो यसकारण आश्चर्य हो कि पहिलो त मुख्य विपक्षी दल नाराबाजीमा थियो भने अघिल्लो पटक १५६ मत मात्र प्राप्त गरेका प्रचण्डले जसपा नेपालका ५ जनाले नदिँदा पनि १५७ जनाको विश्वासको मत पाएको घोषणा भयो।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्