Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा रविको नाम राख्ने प्रस्ताव एमालेले रोक्यो, कार्यदल निष्कर्षबिहिन

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश तयार पार्ने कार्यदलको बैठक निचोडविहिन बनेको छ। 

नेपाली कांग्रेसका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेको नाम राख्नका लागि प्रस्ताव गरेपछि त्यसलाई एमालेले रोकेको छ। 

रास्वपाका सांसद शिशिर खनाल मौन रहेर हेरिरहे भने एमालेका प्रमुख सचेतक महेश बर्तौला र कार्यदल संयोजक कानुनमन्त्री पदम गिरीले लामिछानेको नाममा नभई समग्रताको कुरा ल्याएपछि कांग्रेसका जीवन परियारले अडान कायम राखेका थिए। 

कार्यदलको बैठक यसैकारण निचोडविहिन भएको छ। प्रतिनिधि सभाको बैठक रहेका कारण स्थगित कार्यदल बैठक त्यसपछि बस्ने भएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्