Nic Ad Nic Ad
Nic Ad Nic Ad

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ । आज मंगलबार पनि नेप्से २३.९४ अंकले बढेको छ । आज नेप्से १.१४ प्रतिशतले बढेर १२१५.९४ विन्दु कायम भएको छ ।

कारोबारको आधारमा पनि नेप्सेमा उत्साह छाएको छ । सोमबार करिब ६ अर्बको कारोबार भएकोमा आज पनि ५ अर्ब बढीको कारोबार भयो । आज बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले, फ्लोट इन्डेक्स १.७८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । आज उपसमूहमा पनि उछाल आएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्