मोरङ कारागारका कैदीको मृत्यु
काठमाडौँ- मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:५०
प्रतिक्रिया दिनुहोस्