Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेपाकताक्रो विश्वकप : रेगु र डबल इभेन्ट दुवैतर्फ नेपाल तेस्रो

बुधबार, जेठ ९, २०८१

काठमाडौँ - मलेसियाको क्वालालम्पुरमा भएको सेपाकताक्रो विश्वकपअन्तर्गत रेगु र डबल इभेन्ट दुवैतर्फ नेपाल तेस्रो भएको छ। 

मंगलबार भएको सेमिफाइनलमा रेगु इभेन्टमा नेपाल, चाइनिज ताइपेइसँग २–१ को सेटमा पराजित हुँदै तेस्रो भएको हो। नेपाली टोली चाइनिज ताइपेसँग ११–१५,१५–१०,१२–१५ ले हारेको हो। 

सोही दिन भएको डबल इभेन्टको सेमिफाइनलमा नेपाल इरानसँग २–० ले पराजित भयो। नेपाल इरानसँग १३ –१५ ,११ –१५ ले हारेको हो। यस्तै चाइनिज ताइपेइसँग भने नेपाल २–१ सेटले पराजित हुँदै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। 

नेपाली टोली रोशन तामाङको कप्तानीमा दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्गामगर, विजय महतो र पदमबहादुर थापामगरले स्पर्धा गरेका थिए। 

२१ राष्ट्र सहभागी प्रतियोगितामा नेपालसहित ९ राष्ट्र डिभिजन वान र प्रिमियरमा १२ देश छन्।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्