Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र सारियो

बुधबार, जेठ ९, २०८१

चितवन- जिल्लामा गर्मी बढेपछि चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उनको भनाइ छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको उनको भनाइ छ ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए । भिमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्