Nic Ad Nic Ad
Nic Ad Nic Ad

आठ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला

बुधबार, जेठ ९, २०८१

काठमाडौं– भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् ।

कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ । यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए । भोलिपल्टै उनी बेपत्ता भएका थिए । उनको फोन समेत अफ भएको थियो । 

यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि सयबीच अन भयो । प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो ।

अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए । अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए ।

बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार