Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की आजबाट एक साथ प्रदर्शनमा

बिहीबार, जेठ १०, २०८१

दुईवटा नेपाली चलचित्र आज एक साथ प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको बिदाको अवसर पारेर आज चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन् । ‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, र भी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।

दुवै चलचित्रले देशभरका मल्टिप्लेक्समा करिब करिब बराबरीको संख्यामा शो पाएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्