Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण अमेरिकाले सन्दीप लामिछानेको भिसा रोक्न पाउँदैन

बिहीबार, जेठ १०, २०८१

काठमाडौं– विश्वकप क्रिकेट टी–२० का निम्ति अमेरिका र वेस्ट इन्डिजमा हुने खेलमा नेपालका तर्फबाट पूर्वकप्तान सन्दीप लामिछाने जाने तयारी क्रिकेट संघ (क्यान)ले तयारी गरेको थियो। 

त्यसमा निम्ति लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिनुपर्छ। तर, नेपालस्थित दूतावासले भिसा नदिएपछि एक प्रकारको फरक चर्चा सुरु भइसकेको छ।

उच्च अदालतबाट सफाई पाएका लामिछाने खेलमा फर्किने तयारीमा थिए। नेपालीहरूको चाहना र आशाका केन्द्रमा रहेका उनले न्याय पाउँदा जुन हिसाबले खुसीयाली छाएको थियो त्यसलाई नजरअन्दाज गर्न सकिए पनि अदालती र कानुनी आदेश, फैसलालाई कुनै पनि कुटनीतिक नियोगले ‘मनोपोली’ निर्णय गर्न पाउँदैन। 

प्रायः फौजदारी अभियोग समेत लागेर सफाई पाएका मानिसलाई सरकारको निर्णय, मन्त्रिपरिषको निर्णयबाट उन्मुक्ति वा अदालतबाट सफाई पाएको ‘लिगल डकुमेन्ट’ पेस गरे भिसा दिनुपर्छ तर अमेरिकाले त्यसो गरेन। 

अमेरिकी दूतावासले नेपाल र नेपालीको खुसी, चाहना र नेपाली जनताको हितका निम्ति सँधै काम गरेको बताइरहँदा बहुअपेक्षित क्रिकेटर लामिछानेको भिसाचाहिँ के कारणले नदिएको हो? त्यो खुलाउन आवश्यक हुन्छ। यथेष्ट कारण दिन सक्नुपर्छ।  

बलात्कार अभियोग लागेको र त्यस अपराधको निरुपण नहुन्जेल दूतावासले भिसा रोक्न पाउने कारण हुन सक्छ। तर उच्च अदालत पाटनबाट लामिछानेले क्लिन चिट पाएको तथ्य प्रमाण र त्यसका कागजात समेत रहेका कारण दूतावासले नियतवस त्यसरी भिसा रोक्न पाउँदैन।

कारणको खोजी गर्दा दूतावासले अहिले केही कारण भन्न नसक्ने प्रतिक्रिया दिएको छ। तर, उसले यसरी कारण लुकाएर भिसा नदिनूलाई शंकास्पद मानिनुपर्छ। 

नेपाल सरकारको पहलमा नै यसको कारण खुलाउन आवश्यक रहेको छ। खासगरी अमेरिकी सरकार नेपालमा रहेका गैर सरकारी संस्थाको लगानीमा रहेका कतिपयको याचीकाका कारण लामिछानेको भिसा रोक्न उद्दत रहेको आशंका गरिन्छ। 

सन्दीपविरुद्ध गौशाला २६ लाई सहयोग गरिरहेको माइती नेपालको आग्रहका आधारमा भिसा रोकिएको आशंका गर्ने प्रशस्त कारण छन्। किनभने उक्त संस्थाकी सञ्चालिका अनुराधा कोइरालालाई अमेरिकी सीएनएन हिरोको उपाधि समेत दिइएको थियो।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्