Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्। 

चेन्नईको एमए चिदम्बरम स्टेडियममा ७ः४५ मा सुरु हुने खेलमा जित निकाल्ने टोलीले फाइनलमा उपाधिका लागि कोलकाताको सामना गर्ने छ।


जारी सिजन राजस्थानले प्लेअफको इलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको थियो भने हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकातासँग पराजित हुँदै दोस्रो अवसरको खोजिमा राजस्थानसँग भिड्न लागेको हो।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबादले ७ पटक आइपिएलको प्लेअफ खेलेको छ। टीमले पहिलो पटक २०१३ मा प्लेअफमा स्थान बनाएको थियो। जुन उसको डेब्यू सिजन समेत रहेको थियो। हैदराबाद पछिल्लो पटक २०२० मा प्लेअफमा पुगेको थियो।

अहिले सम्म ६ प्लेअफमा हैदराबाद २ पटक फाइनलमा पुगेको छ। जसमा २०१६ मा उसले उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो। हैदराबादले प्लेअफमा ३ पटक क्वालिफायर(२ खेलेको छ। जसमा २ खेलमा जित निकाल्दा एक खेलमा हार भोगेको छ।

आइपिएलको पहिलो संस्करणको उपाधि विजेता राजस्थान २०२२ को उपविजेता हो। टिम छैटौँ पटक प्लेअफ खेल्दै छ। राजस्थानले तेस्रो पटक क्वालिफायर(२ खेल्न लागेको हो। यसअघि भएको दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो। २०२२ मा आरसिबीलाई हराएर फाइनल पुगेको थियो।

हेड टु हेडमा दुवै टिमको रेकर्ड उस्तै(उस्तै रहेको छ। अहिले सम्म दुई टिमले कुल १९ खेल खेल्दा ९ खेलमा राजस्थान र १० खेलमा हैदराबादले जितेको छ। दुई टिमबिच यो सिजनमा एक खेल भएको थियो। जुन खेलमा हैदराबादको घरेलु मैदानमा हुँदा १ रनको रोमाञ्चक जित निकालेको थियो। सिजनमा यो दुई टिमबिच दोस्रो पटक स्पर्धा हुन लागेको हो।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्