Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन जस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

आइतबार, जेठ १३, २०८१

काठमाडौं– भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको बेरूवा औँठी ३ थानसहित चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्