Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने

सोमबार, जेठ १४, २०८१

काठमाडौँ- नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो ।

उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ ।

मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरुपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्