Nic Ad Nic Ad
Nic Ad Nic Ad

साढे २१ प्रतिशत बजेट ऋण तिर्न खर्च हुने

मंगलबार, जेठ १५, २०८१

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको साढे २१ प्रतिशत हिस्सा आन्तरिक तथा बाह्य ऋण भुक्तानीमा खर्च हुने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी वर्ष आन्तरिक ऋणको भुक्तानीमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो कुल विनियोजित बजेटको १८.११ प्रतिशत हो ।आगामी आवमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यसमध्ये वैदेशिक ऋण (द्विपक्षीय) को भुक्तानीमा १७ अर्ब २३ करोड खर्च हुने भएको छ ।

वैदेशिक ऋणतर्फ बहुपक्षीय ऋणको भुक्तानीमा ४८ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

वैदेशिक ऋणको भुक्तानीमा विनियोजित बजेट कुल बजेटको ३.५५ प्रतिशत हिस्सा हो । आगामी आवमा ऋण भुक्तानीमा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ खर्च हुने छ । यो रकम धेरै मन्त्रालयहरूका लागि छुट्टाइएको रकमको संयुक्त योगभन्दा धेरै हो ।

आगामी आवमा विकासे मन्त्रालयतर्फ सबैभन्दा धेरै भौतिक मन्त्रालयले १ खर्ब ५० अर्ब (८.०९) रुपैयाँ मात्र बजेट पाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्