Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने नयाँ नियम कार्यान्वयनमा

बुधबार, जेठ १६, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन (हिजो) गरेको घोषणा कार्यान्वयनमा आएको छ ।

samridhi jewllers

मङ्गलवार गृहमन्त्री लममिछानेले सामाजिक सञ्जाल (फेसबुक, एक्स) मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने र ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा ड्युटी गर्न लगाइने घोषण गरेका थिए । महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा ड्युटी गर्न लगाइने गृहमन्त्री लामिछानेको भनाइ थियो।

गृहमन्त्रीले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेको भोलिपल्ट (बुधबार) देखि नै यो नियम कार्यान्वयनमा आएको छ।

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौँका विभिन्न चोकमा ड्युटी गरिरहेको देखिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंसेवकको रूपमा खटाउन सुरु गरेको हो।

मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चार वटा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाइएको हो।

मापसे, लेन मिचेको, ट्राफिक बत्ती उल्लंघन र ओभरस्पिड गरी सवारीसाधन चलाएर कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाइएको कार्यालयले जनाएको छ ।

यो ट्राफिक नियम उल्लंघन गर्दा एक घण्टाको ट्राफिक सचेतना कक्षा अनिवार्य लिनुपर्ने थियो। त्यसको सट्टामा अहिले सडकमा खटाउन सुरु गरिएको छ। कारबाहीमा परेकालाई एक घण्टा सडकमा परिचालन गरिनेछ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्