Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से २३.८१ अंकले घट्यो

बुधबार, जेठ १६, २०८१

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन । मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केहीपनि समेटेनन् । 

त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ । बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ विन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २१०० को विन्दु भने कायम  रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ विन्दु काय गरेको थियो ।

तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ विन्दु कायम भएको छ ।
आज ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ । 

बुधबार ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ । आज समुहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये आज सबैभन्दा बढी जीवन बीमा समूहको शेयर घटेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्