Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानले भन्यो-सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएन

बिहीबार, जेठ १७, २०८१

 काठमाडाैं - अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी गराएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ ।

जेठ ९ गते पहिलो पटक भिसा अस्वीकृत भएपछि आज दोस्रो पटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, आज पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।
सन्दीपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले जारी विज्ञप्तिमा भनिएको छ ।

 

 


 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्