Nic Ad Nic Ad
Nic Ad Nic Ad

कान्तिपुर सेभिङका पूर्वअध्यक्ष सिबी लामा पक्राउ

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ- कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् ।

लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका थिए ।

२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्