Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलात्कार अभियोग लागेका निर्मल पूर्जा नम्रतासितै सारुक आत्महत्यामा यसरी जोडिन्छन्

शनिबार, जेठ १९, २०८१

काठमाडौं– बलात्कार अभियोग लागेका सगरमाथा आरोही निर्मल पूर्जा कलाकार सारुक ताम्राकार प्रकरणमा पनि जोडिन्छन्। 

पूर्जालाई आरोहणका क्रममा बलात्कार गरेको अभियोग लागेको छ। यस आरोपको खण्डन गरे पनि पूर्जा उम्किन पाउने छैनन्। 
‘द न्युयोर्क टाइम्स’ले हिमाल आरोहणका क्रममा पूर्जाबाट पूर्वमिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसलगत्तै पूर्जाले आरोपको खण्डन गरेका हुन्।

पूर्जाले आफ्नो इस्टाग्राम (निम्सदाइ)मा स्टोरी राख्दै आरोपको खण्डन गरेका छन्। आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ। आरोप सबै झुटो भएको दाबीसमेत उनले आफ्नो पोस्टमा गरेका छन्। समाचारमा गल्ती भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने पूर्जाले बताएका छन्।

सन् २००८ मा विश्वका आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेपछि पूर्जा चर्चामा थिए। उनी पछिल्लो समय हिमाल आरोहणसम्बन्धी कम्पनी सञ्चालन गर्दै आएका छन्।

हिन्टसाले सन् २०१९ मा प्रकाशित उनको संस्मरणमा ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्। न्युयोर्क टाइम्ससँगको पछिल्लो कुराकानीमा उनले पूर्जाको नाम उल्लेख गरेकी हुन्। समाचारमा उल्लेख भए अनुसार पूर्जाले उनको कोठामा पुगेर जबरजस्तीको प्रयास गरेका थिए।

समाचारमा उल्लेख भए अनुसार डा. अप्रिल लियोनार्डोलेसमेत पूर्जाले जबरजस्ती गर्न खोजेको बताएकी छन्। पूर्जाले जबरजस्ती चुम्बन लिएको उनको दाबीसहितको समाचार प्रकाशित भएको हो। केटू हिमाल आरोहणमा गाइड रहेका पूर्जाले जबरजस्ती गरेको उनको दाबी छ। 

कलाकार सारुक ताम्राकार आत्महत्यामा पूर्जा जोडिने खास कारण छ। अभिनेत्री नम्रता श्रेष्ठले धोका दिएका कारण ताम्राकारले आत्महत्या गरेका थिए

रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको थियो। 
प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको थियो। 

ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका थिए। झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका थिए।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेष्ट इन पिस, धन्यवाद।’

स्मरणीय होस् सारुक नम्रताको प्रेममा थिए। दोलखामा कालो बोकेलगायतका विषय बाहिर नआएका होइनन्। यस प्रकरणमा पूर्जा जोडिनुको कारण, उनी पनि नम्रताका खाु प्रेमी हुन्। उनकै कारण नम्रतासँग सारुक विक्षिप्त बनेको समाचारहरुमा आएका थिए। 
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्