Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य

आइतबार, जेठ २०, २०८१

गुयाना - आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले वेस्ट इन्डिजलाई एक सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्