Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगर–सडक विभाग टकराबः बालेनले पेटी बढाउन भत्काए, विभागले रातारात गरिदियो पीच

सोमबार, जेठ २१, २०८१

काठमाडौं– सडक विभाग र काठमाडौं महानगरपालिकाको टकराब काममा नै देखिएको छ। 

नयाँ सडक क्षेत्रको पेटी बढाउनका लागि महानगरले भत्काएको सडक क्षेत्रमा विभागले रातारात पीच गरेपछि विवाद सतहसम्म देखा परेको हो। 

उक्त क्षेत्रमा पैदलयात्रीको सहजताका निम्ति महानगर प्रमुख बालेन शाहले कालोपत्रे गर्ने निर्णय भएको कार्यपालिका बैठकमा जानकारी दिँदै काम अगाडि बढाएका थिए। 

तर चक्रपथ क्षेत्रको निर्माण लथालिङ्ग पारेको सडक विभागले भने प्रतिशोध साँध्नका लागि महानगरको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै रातारात पीच गरेको हो। 

यसअघि प्रदुषण बढेको भन्दै महानगरले चक्रपथ क्षेत्रको धुलो विभागको गेटमा राखेका कारण प्रतिशोध लिएको आँकलन गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक रातको कथामा ‘महानगर’
बुधबार, साउन ३१, २०८०