Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा

सोमबार, जेठ २१, २०८१

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबिया र ओमनको खेल सुपर ओभरमा गएको छ।

सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।


ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिएका थिए। डेभिड विसे तीन विकेट हात पारेका थिए। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै ६ चौका प्रहार गरे। निकोलास डेभिनले २४ रन जोड्दा कप्तान गेर्हार्ड इरास्मस १३ रन बनाए। नामिबियाका अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन्। अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्