Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनमा खटपट, यी हुन् प्रष्ट संकेत

सोमबार, जेठ २१, २०८१

काठमाडौं– एमाले, माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धनमा खटपट भएको छ। 

आर्थिक बर्ष २०८१–०८२ को बजेटपछि यसका प्रष्ट संकेत सतहमा देखिन थालेका छन्। 

गठबन्धनको प्रमुख दल नेकपा एमालेले बजेटमा सबैभन्दा बढी असन्तुष्टि देखाएको छ। त्यसका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सोधे,‘यो सरकारको बजेट हो कि अर्थमन्त्री बर्षमान पुन र माओवादीको मात्र हो?’

बजेटमा आधाभन्दा बढी रकम अर्थ मन्त्रालयअन्तर्गतका निकायमा बिनियोजन गरेपछि गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी पनि असन्तुष्ट छ। 

त्यसका अध्यक्ष माधवकुमार नेपाल प्रतिपक्षी दलहरूको बैठक भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए। 

गठबन्धनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीले सिंहदरबारमा माधवकुमार नेपालसँग छलफल गरेका थिए। 

खटपटको संकेत यति मात्र थिएन। एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री भएकाहरुप्रति पनि कटाक्ष गरेका थिए। उनले शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै अभिव्यक्ति दिनुले पनि गठबन्धनमा राम्रो समझदारी नभएको स्पष्ट देखिन्छ।

यसअघि यहि गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्