देउवा, ओली र प्रचण्डबीच वार्ता, नयाँ चिज के आउला?
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार सिंहदरबारमा संयुक्त वार्ता भएको छ।
प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा आर्थिक बर्ष २०८१–०८२ को बजेटका सन्दर्भमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ। सरकारको काम कारबाही र सहकारी ठगी प्रकरणका विषयमा पनि देउवाले सरकारको धारणा बुझेको बताइएको छ।
बजेटमा भने सत्ताको प्रमुख घटक एमाले अध्यक्ष ओली पनि रुष्ट छन्। त्यसलाई सकेसम्म सच्याउनका लागि प्रधानमन्त्री प्रचण्डसँग ओलीले माग गरेको बताइन्छ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १२:१९
प्रतिक्रिया दिनुहोस्