Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

सोमबार, जेठ २१, २०८१

काठमाडौँ- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटेल परिसरबाट पक्राउ गरिएको जनाइएको छ । त्यही ठाउँमा उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायाङ्कन सुरु हुने क्रममा थियो ।

आफूहरूको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौँमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्