अत्यधिक गर्मीले भारतमा तीन दिनमा ५० जनाको मृत्यु
काठमाडौँ- भारतमा भएको अत्यधिक गर्मीको कारणले तीन दिनमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेहरूमा ३३ जना उत्तर प्रदेश राज्यबाट छन् ।
यसरी मृत्यु हुनेहरूमा चुनावमा सहभागी भएकाहरू पनि भएको बीबीसीले उल्लेख गरेको छ । हरेक पाँच वर्षमा अप्रिल र मेमा चुनाव गर्ने भारतमा यही महिनामा गर्मी ज्यादा हुने र यो वर्ष झनै भएको छ ।
यस्तै पछिल्ला ७२ घण्टामा हिट स्ट्रोकबाट ९९ जनाको मृत्यु भएको भारतको ओडिसाका अधिकारीहरू बताएका छन् । जसमा २० जनाको हिट स्ट्रोकबाट मृत्यु भएको पुष्टि भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ २१:३७
प्रतिक्रिया दिनुहोस्