Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय लोक सभा निर्वाचनको मतगणनाः भाजपा गठबन्धनद्वारा मुस्किलले बहुमत सिटमा लिड

मंगलबार, जेठ २२, २०८१

काठमाडौं– आगामी सरकार गठनका निम्ति भारतमा भएको लोक सभा निर्वाचनको मतगणना मंगलबारदेखि सुरु भएको छ। गणनाको प्रारम्भिक

रुझानअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)को गठबन्धन एनडीए मुस्किलले बहुमत सिटको लिड गरिरहेको छ। 

भारतीय समय साढे १० बजेसम्मको आँकडाअनुसार मोदीको गठबन्धनले २९९ सिटमा लिड गरिरहेको छ। भारतीय कांग्रेससहितका इन्डिया गठबन्धन १९३ सिटमा अग्रपंक्तिमा छ। 

अन्य पार्टीले भने ४३ सिटमा लिड गरेको बीबीसी हिन्दीले लेखेको छ।

मोदीको निर्वाचन क्षेत्र रहेको उत्तर प्रदेशमा भाजपा गठबन्धन ४३ वटामा अग्रपंक्तिमा छ भने कांग्रेस गठबन्धन ३६ सिटमा अगाडि रहेको आँकडा आएको छ।

बिहारमा एनडीए ३२ सिटमा अगाडि हुँदा इन्डिया गठबन्धन ७ सिटमा अगाडि छ। पश्चिम बंगालमा भने एनडीए १७, इन्डिया गठबन्धन ४ र त्रिणमुल कांग्रेस २१ सिटमा अगाडि छ।

भारतीय निर्वाचन आयोगका अनुसार ५४२ सिटको लोकसभा निर्वाचनमा ४५७ को रुझान आइसकेको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्