Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको पोस्टमा बालेनको लोकप्रियता, सदनमा योगेशको हुंकार

मंगलबार, जेठ २२, २०८१

काठमाडौं– सोमबार राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिका शाक्यसँगको तस्बिर राख्दै लेखे,‘फेसबुक नहेरेको पनि झन्डै एकसाता पुग्न लागेछ। राधिका र म गोसाईकुन्ड जाँदाको फोटो मोबाइलको ग्यालेरीमा भेटियो। यो गर्मिमा गोसाईँकुन्ड सम्झिँदा पनि शितल महसुस हुन्छ, शुभ रात्री।’

ओलीको यो पोस्ट यतिबेला निक्कै चर्चामा छ। र, त्योभन्दा पनि चर्चामा रहेको छ यहि पोस्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेको कमेन्ट। शाहले कमेन्टमा लेखेका छन्,‘ओहो, गुड नाइट केपी बा, ह्याब अ स्वीट ड्रिम।’

ओलीको पोस्टमा ६० हजार हाराहारी लाइक पुग्दा बालेनको कमेन्टमा एक लाखनजिक लाइक पुगिसकेको छ। ओलीको कमेन्ट बक्समा आएका अधिकांशले बालेनकै तारिफ र चर्चा गरेका छन्। 

ओलीको पोस्टमा आएका २० हजार बढी कमेन्टमा धेरैले बालेनको चर्चा गरेका छन्। कतिपयले बालेनको कमेन्ट हेर्न यता आउनुहोस् भनी टिप्पणी गरेका छन् भने कतिपयले बालेनसँग मिलेर जान ओलीलाई सुझाव दिएका छन्। 

यो पोस्टको चर्चा यति धेरै हुनुको कारण न्यूरोडमा पेटी बढाउनका लागि महानगरले सडक भत्काएर र सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले सडक कालोपत्रे गरेपछि बालेनले लेखेको स्ट्याटस पनि थियो। 

एमालेको नेतृत्वमा रहेको भौतिक निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालयले यसरी सडकमा कालोपत्रे गरेपछि ओलीलाई निशानामा राखेर बालेनले गिरीबन्धु चिया बगानमा भएको भ्रष्टाचार प्रकरणको विषयको उठान गरेका थिए। सो स्ट्याटस सोमबार दिनभरी सर्वत्र चर्चा मात्र भएन मुख्य धारका सबै डिजिटल मिडियाले कभर गरिदिए। यहि मेसोमा सडक डिभिजन र महानगर प्रहरीबीच न्यूरोड क्षेत्रमा झन्डै मुठभेड समेत भएको थियो। 
आजको पुस्ताले ओलीको आलोचना गरेका छन्। 

oli-balen-1717490240.png

यता, मंगलबार भएको प्रतिनिधि सभाको बैठकमा भने ओलीको बचाऊमा एमाले सचिव योगेश भट्टराईले हुंकार समेत छाडेका थिए। बालेनको नामै लिएर काठमाडौं बनाउने काममा एमाले सरकारको पालामा काम भएको भन्दै भट्टराईले भने,‘लोकतन्त्र ल्याउनका लागि योगदान गरेका नेताविरुद्ध उच्छृङ्खलता प्रस्तुत गर्नुभयो। काठमाडौंको मेयर हो भन्ने नभुल्नुहोला, बालेन जी।’

एमाले र काठमाडौं महानगरबीच आजको टकराब होइन। भौतिक निर्माणमन्त्री तथा एमाले सचिव रघुबीर महासेठले चक्रपथको सडक निर्माणमा गति नदिएको भनी त्यहाँ रहेको धुलोको फोहोर एक गाडी ल्याएर महानगरले सडक विभागको गेटमा खन्याएको थियो। यसपछि भने एमाले पनि बालेनको बिरोधमा खुलेर लागेको थियो। 

एउटा प्रसङ्गमा पत्रकारले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु प्रकरणबारे प्रश्न गर्दा झनक्क भएका उनले ‘बालेनलाई सोध्नू’ भन्ने उत्तर दिएका थिए।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्